काठमाडौं । एक चर्चित अभिनेत्रीले आफ्नै बाबुमाथि गम्भीर आरोप लगाएकी छिन् ।

दक्षिणी भारतीय अभिनेत्री तथा राजनीतिज्ञ खुस्बु सुन्दर हालै राष्ट्रिय महिला आयोगको सदस्य बनिन् । त्यसपछि दिएको एक अन्तर्वार्तामा उनले आफूमाथि भएको यौन दुव्र्यवहारबारे खुलेर कुरा गरेकी हुन् ।

सोही क्रममा सुन्दरले आफू ८ वर्षको हुँदा आफ्नै बुवाबाट यौन दुर्व्यवहारको सिकार भएको खुलासा गरेकी हुन् । यति मात्र होइन, बुवाले आमालाई पनि कुट्ने गरेको खुस्बुको आरोप छ ।

भारतीय पत्रकार बरखा दत्तलाई दिएको अन्तर्वार्तामा खुस्बुले भनिन्, ‘मलाई विश्वास छ कि जब बच्चा यौन दुर्व्यवहारको सिकार हुन्छ, त्यसले जीवनभर उसको दिमागमा छाप छोड्छ । चाहे त्यो केटा होस् या केटी । मेरी आमा अपमानजनक विवाहको सिकार हुनुहुन्थ्यो ।’

सुन्दरले अगाडि भनिन्, ‘उनको (आमाको) जीवन एक पुरुषसँग बित्यो जसले आफ्नी श्रीमती वा छोराछोरीलाई पिट्ने र आफ्नी एक्ली छोरीलाई यौन दुर्व्यवहार गर्नु आफ्नो जन्मसिद्ध अधिकार हो भन्ने सोच्थ्यो ।’

खुस्बुले थप भनिन्, ‘पहिलो पटक यौन उत्पीडन हुँदा म भर्खर ८ वर्षको थिएँ । जब म १५ वर्षको भएँ, मैले यो अपराधको विरोध गर्ने साहस पाएँ । एक समय आयो जब मैले अडान लिनु पर्यो ।’ ‘वी द वुमन’ कार्यक्रममा उनले भनिन्, ‘एउटा डर सधैं ममा थियो कि मेरी आमाले मेरो कुरा पत्याउनु हुन्न ।

किनकी मैले उनलाई त्यो परिवेशमा देखे, जहाँ जे सुकै होस्, तर मेरो श्रीमान् भगवान हो भन्ने मानसिकता उहाँमा थियो ।’ सुन्दरका अनुसार १५ वर्षको उमेरमा, उनलाई अब धेरै भयो भन्ने लाग्यो । त्यसपछि उनले बाबुविरुद्ध विद्रोह गर्न थालिन् ।

उनी याद गर्दै भन्छिन्, ‘म १६ वर्षको पनि थिइन्, हामीले आफूसँग भएका सबै कुरा छोड्यौं । भोलिपल्ट खाना कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन ।’ अभिनेत्री सुन्दरले भनिन्, ‘मेरो बाल्यकाल कठिनाइले भरिपूर्ण भए पनि सबै कठिनाइको सामना गरेर आफ्नो अधिकारको लागि लडेको छु ।’

तपाईलाई जानकारी गराउ कि खुस्बुले आफ्नो चलचित्र यात्रा बलिउड फिल्म ‘द बर्निङ ट्रेन’ बाट सुरु गरेकी थिइन्, जसमा उनलाई बाल कलाकारको भूमिकामा देखिएको थियो ।

समयसँगै उनी दक्षिण भारतीय चलचित्र उद्योगको चर्चित अनुहार बनिन् । तर, २०१० कलाकारिता छोडेर उनी राजनीतिमा आइन् । सुन्दर भारतीय कांग्रेस छोडेर अहिले भारतीय जनता पार्टीमा सक्रिय राजनीति गरिरहेकी छिन् ।

सम्बन्धित खबरहरु