काठमाडौं । सर्प आफ्नो इच्छाको मालिक हो । सर्प कहाँ लुक्छ र कुनवेला कताबाट बाहिर निस्कन्छ भन्न सकिँदैन् ।

वर्षायाममा सर्प कतै लुकेर बस्ने, कहिले घरभित्र पसेको त कहिले सवारीसाधनमम अड्केको हामीले देख्दै आएका छौँ । यस्तो अवस्थामा जानीजानी वा अन्जानमा ठूलो दुर्घटना हुन्छ ।

कतिपय अवस्थामा मान्छेको ज्यान पनि गएका घटनाहरु हाम्रा अगाडि छन् । सोच्नुहोस्, यदि तपाईं शौचालय जानुभयो, दिसाका लागि बस्नुअघि नै त्यहाँबाट विषालु सर्प निस्क्यो, के गर्नुहुन्छ ? सायद यो कुरा तपाईंलाई रोचक लाग्न सक्छ ।

तर यी कुराहरु नभएका भने होइनन् । सामाजिक सञ्जालमा यस्ता खबर समय समयमा भाइरल हुन्छन् । यसबीच हालै एउटा डरलाग्दो तस्विर बाहिर आयो, जसलाई देखेर जो कोही डराउँछ ।

यो खबर देखेर तपाई पनि आफ्नो आँखामाथि विश्वास नगर्न पनि सक्नुहुुनछ । यो चकित पार्ने तस्विर अमेरिकाको अलाबामाको युफौला क्षेत्रको हो । त्यहाँ एउटा डरलाग्दो सर्प शौचालय भित्रबाट बाहिर निस्कदैँछ ।

जानकारी अनुसार जब एक व्यक्ति शौचालयमा प्रवेश गरे, उनले प्यानभित्र खतरनाक सर्प देखेका थिए । त्यसपछि परिवारले तुरुन्तै युफौला अलाबामा प्रहरीसँग मद्दत माग्यो । जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर परिवारलाई सहयोग गरेको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्ममा, प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा शौचालय भित्रबाट सर्प निस्केको तस्विर सहितको पोस्ट साझा गरेको छ ।

त्यसमा भनिएको छ, ‘हामीलाई थाहा छैन हाम्रो सिफ्टको क्रममा हामीलाई कस्तो प्रकारको कल आउँछ । शौचालयमा सर्प भेटिएको जानकारी पाउँदा हामी छक्क पर्यौं ।’

त्यसपछि उद्धार टोली पुगेर सर्पको उद्धार गरेर परिवारलाई सुरक्षित राख्न सफल भयो । यो पोस्टमा प्रयोगकर्ताले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । हालसम्म यो पोस्टमा हजारौं लाइक र सयौं कमेन्ट आएका छन् ।

धेरै प्रयोगकर्ताहरूले आफूहरुले शौचालय प्रयोग गर्नु अघि सधैं बत्ती बाल्ने गरेको उल्लेख गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘म राती बत्ती बालेर शौचालय जाँच गर्छु ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘म तिमीलाई वाचा गर्छु कि म आज राती बत्तीवीना बाथरुम जानेछैन ।’

सम्बन्धित खबरहरु