काठमाडौं । अभिनेत्री तमन्ना भाटियाले यसपटक होली नेपालमा मनाएकी छिन् ।
दक्षिण भारतकी चर्चित अभिनेत्री भाटिया होली बिदामा नेपाल आएकी हुन् । उनले ट्विटरमार्फत आफू नेपालमा भएको जानकारी गराएकी हुन् ।
उनले नेपालमा होली मनाएका तस्विर सार्वजनिक गर्दै यसबारे जानकारी गराइन् । नेपालको तराईसहित भारतमा मंगलबार होली मनाइएको छ । ‘नेपालबाट ह्याप्पी होली’ भन्दै उनले शुभकामना दिएकी छिन् ।
उनले तेलुगु र तामिल फिल्म उद्योगमा धेरै चर्चित चलचित्रहरुमा काम गरेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा गज्जब कमाई गर्न सफल भएका थिए । ती फिल्ममा उनी अभिनेता प्रवासको विपरित भूमिकामा देखिएकी थिइन् । तमन्नाले नेपाल भ्रमणबारे विस्तृत खुलाएकी छैनन् ।
Happy Holi from Nepal❤️ pic.twitter.com/FgtpF0so8C
— Tamannaah Bhatia (@tamannaahspeaks) March 7, 2023