काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

विश्वभर महिला आन्दोलनले ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता स्थापनाका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा राष्ट्र संघले DigitALL: Innovation and Technology for gender equality" भन्ने लक्ष्य तय गरेको छ उहाँको शुभकामनामा उल्लेख छ ।

पढ्नुहोस् शुभकामना सन्देश

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश

११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । विश्वभर महिला आन्दोलनले ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता स्थापनाका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा राष्ट्र संघले DigitALL: Innovation and Technology for gender equality" भन्ने लक्ष्य तय गरेको छ ।

मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरण अति आवश्यक छ भन्ने मलाई लाग्दछ । नेपालको तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा छन् तर ती अझै पर्याप्त छैनन् ।

स्वदेशमा समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्नुपर्ने, महिलाको क्षमतामा प्रश्न खडा गर्ने, रोजगारीका लागि विदेशिनुपर्ने लगायतका कयौँ समस्या अहिले पनि विद्यमान छन् । विश्व श्रम बजारमा रहेका कयौँ नेपाली दिदीबहिनीले समस्याग्रस्त जीवन बिताइरहेको तथ्य पनि हामी सामु छ । महिलालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र विदेशमै कामका गर्न चाहनेका लागि सम्मानजनक रोजगारीको लागि हामी सबैको तर्फबाट पहलकदमी लिनु जरुरी ठानेकी छु ।

आार्थिक अवस्थामा मजबुत नभएकै कारण महिलाहरु हिंसामा पर्ने गरेको तथ्य नेपालमा भएका विभिन्न अध्ययनले देआखाएको छ । यसर्थ महिलालाई आर्थिक रुपमा सक्षम, सबल र आत्मनिर्भर बनाउन सरकार र हामी लगायतका सरोकारवालाको भूमिका अहम हुन्छ भन्ने मलाई लाग्दछ । महिला सशक्तीकरण, सहभागिता र समानताको विषय महिला सरोकार मात्रै होइन । महिला र पुरुष दुवैको समान र सक्रिय भूमिकाबाटै महिला अधिकार सुनिश्चित हुन्छ भन्ने विश्वास लिएकी छु । यसर्थ, हामी जुटेरै महिला सशक्तीकरण सुनिश्चत गर्न सकिन्छ ।

अन्तमा‚ यस दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

रविना थापा
कार्यकारी अध्यक्ष
गैरआवासीय नेपाली संघ

सम्बन्धित खबरहरु