काठमाडौं । बिहेको एक रातपछि छोरी जुन अवस्थामा देखिइन् सायद आमाबाबुले कल्पना पनि गरेका थिएनन् ।

छोरीको हालत देखेपछि माइती पनि सोच्न बाध्य हुनु परेको छ । वास्तवमा बेहुलीका परिवारले बेहुलाले आफ्नी छोरीसँग अमानवीयताको सबै हद पार गरेको आरोप लगायो ।

ससुरालीमा अत्याचारको सबै हद पार गर्दै नवदुलहीको यौनाङ्गमा फलामे रड छिराएको पाइएको छ । त्यसपछि बेहुली होसमा आइनन् । घटना नेपालको नभई भारतको हो ।

नवविवाहित दुलहीलाई गम्भीर अवस्थामा भारत, गाजियाबादको मोहन नगर अस्पतालमा भर्ना गरिएको हो । जानकारी अनुसार पीडित महिला निवारी प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँको बासिन्दा हुन् ।

उनको गत जुलाई ८ मा विवाह भएको थियो । पीडितको विवाह बागपतको सिंहावली अहिर चौकी क्षेत्रमा शिक्षकसँग भएको थियो । भाईका अनुसार विवाहको भोलिपल्ट गोद भराई कार्यक्रम रहेको थियो ।

जुलाई ९ मा ससुराली पुग्दा दिदीको अवस्था ठिक नभएको भाई बताउँछन् । उनकी दिदी कोठामा अचेत अवस्थामा थिइन् । उनले सोधेपछि ससुरालीबाट कुनै स्पष्ट जवाफ पाएनन् । त्यसपछि दुलहीलाई ससुरालीसँगै धेरै अस्पतालमा लगियो ।

तर सबैतिर डाक्टरले के भएको भनेर बताउन सकेनन् । अन्ततः उनले दिदीलाई गाजियाबादको ठूलो अस्पतालमा लगे, त्यसपछि जे भयो त्यसले उनको पनि होस उड्यो ।

बेहुलीको अवस्था निकै गम्भीर रहेको चिकित्सकले बताए । रडको चोटका कारण उनको आन्द्रा काटिएको छ । योनीमा गम्भीर चोट लागेको छ । जसकारण उनको पाठेघर पनि निकै दुख्छ । यो सुनेर भाइले तुरुन्तै परिवारका सदस्यहरूलाई यसबारे जानकारी गराए ।

त्यसपछि पीडितका परिवारका सबै सदस्य पनि अस्पताल पुगे । छोरीको यस्तो अवस्था देखेर पीडित परिवारले श्रीमान्, सासू र ससुराविरुद्ध प्रहरीमा उजुरी दिएको छ । तर, यो सब कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् । प्रहरीले आरोपीहरुको खोजी थालेर थप अनुसन्धान थालेको छ ।

 

सम्बन्धित खबरहरु