काठमाडौं । अभिनेत्री सुरक्षा पन्त ( Surakshya Panta ) र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ ।

बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्ट भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुशी छौँ । आशिर्वाद दिनुहोला ।’

योपनि
चलचित्र ‘जुबेली’ को फर्स्ट लुक सार्वजनिक

नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिकामा रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । उनले यस अघि मन्चरी, गाजा बाँजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् ।

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

सम्बन्धित खबरहरु