काठमाडौं । भारत, जयपुरको सडकमा चलिरहेको बाइक (मोटरसाइकल) मा एक जोडीको अश्लील भिडियो भाइरल भएको छ ।

काखमा बसेकी युवतीलाई अँगालो हालेर प्रेमीले बाइक कुदाएका छन् । हिँड्ने मानिसहरूले आफ्नो मोबाइलमा सो भिडियो खिचाएका हुन् ।

भिडियो सार्वजनिक भएपछि अहिले प्रहरीले यो जोडीमाथि अनुसन्धान सुरु गरेको हो । मोटरसाइकलको दर्ता नम्बरका आधारमा उनीहरुको खोजी थालिएको छ । युवक र युवतीको यो भिडियो जवाहर सर्कल क्षेत्रको भएको बताइएको छ । होली पर्वमा यो दृश्य देखिएको हो ।

भिडियोमा दुवै फिल्मी शैलीमा बुलेट बाइकमा छन् । युवक बुलेट बाइक चलाइरहेका छन् । सँगै भएकी केटी बाइकको ट्याङ्कीमा पछाडि फर्केर बसेकी छिन् । युवतीले युवकलाई अँगालो हालेकी छिन् ।

त्यस क्रममा दुवै हाँसिरहेका छन् । हाल प्रहरीले यस विषयमा उजुरी दर्ता गरिसकेको छैन् ।

ट्राफिक नियम अनुसार केटी (पछाडि बस्ने) ले पनि हेलमेट लगाएर बाइकमा पछाडिको सिटमा बस्नु पर्छ । ट्राफिक नियम उल्लङ्घन गर्दै केटा र केटी दुवैले हेलमेट लगाएका छैनन् । भारतका यस्ता घटनाहरु पटक पटक देखिन थालेका छन् ।

https://twitter.com/IndianBackchod/status/1633409225123831810

सम्बन्धित खबरहरु