बारा । कोल्हवी नगरपालिका– ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् ।

रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो ।

वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए । राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा भूमाफियाले वनको जग्गा अतिक्रमण गर्ने र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

वनका प्रहरीहरुले नियन्त्रणमा लिएका हुन् । बनले आफैले हिरासतमा लिएर कारबाही प्रक्रिया र अनुशन्धान अघि बढाउन पाउँछ ।

 

सम्बन्धित खबरहरु