एजेन्सी । तामा मानव शरीरका लागि अति जरुरी चीज हो । तामाको भाँडामा राखेर पानी पिउदा अनेकौं लाभहरु छन् । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि धेरै लाभदायक हुने गर्छ जुन यस प्रकार छन् ::

१, क्यान्सर कम : शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

२, तौल घटाउन : तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

३, घाउ भर्न : तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।

४, मेलेनिन वृद्धि : तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।

५, बुढ्यौलीको लक्षण रोक्न : तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।

६, स्मरणशक्ति बलियो : तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

७, मिर्गौला र कलेजो : शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।

८, रक्ताल्पता : शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।

 

सम्बन्धित खबरहरु