काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार २४ जना घाइते भएका छन् ।

उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । तीब्र गतिका कारण दुर्घटना भएकाे हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाउने काम जारी छ । तस्बिर आरसी अधिकारीको फेसबुकबाट

 

सम्बन्धित खबरहरु