काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपाललाई चौथो झड्का लागेको छ ।

नेपालले यूएईविरुद्ध गरिरहेको ब्याटिङमा मात्र ८१ रनमा चार विकेट पतन भएको हो । सुरुमा नै मैदानमा प्रवेश गरेका आरिफ शेख पाँच बलसम्म खेल्दा शून्य रनमा आउट भए । आरिफ, आर्यन लाकारबाट आउट भए । उनी अहिले फेरि मैदानमा प्रवेश गरेका छन् ।

त्यसपछि कुशल भुर्तेलपनि १५ बलमा ८ रन मात्र जोड्दै अफजल खानबाट एलबीडब्लू भए । त्यसपछि आएका कुशल मल्ल जुनैद सिद्दिकीबाट आउट भए । कुशललेपनि १५ बलमा ९ रनभन्दा जोड्न सकेनन् । भीम सार्की ३७ बलमा २९ रन जोडेर आउट भए ।

नेपालले छोटो समयमा नै चार विकेट गुमाइसकेको छ । अहिले कप्तान रोहित पौडेल र आरिफ शेख क्रिजमा छन् । कप्तान रोहितले ६७ बलमा ३४ रन जोडेर क्रिजमा टिकिरहेका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

शृङ्खलाको पहिलो खेलमा पनि नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै उच्च स्कोर बनाएको थियो ।

आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन गरिएको छ । ब्याटर ज्ञानेन्द्र मल्ल र बलिङ अलराउण्डर करण केसी प्लेइङ ११ मा छैनन् । उनीहरूको ठाउँमा ललित राजवंशी र गुलशन झा छन् ।

आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ ।

यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ ।

सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ । यूएईका लागि पनि ओडीआई मान्यता जोगाउने नेपालविरुद्धको खेल जित्नैपर्ने अवस्थामा छ । यूएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ ।

नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ ।

यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

नेपाली टिम

रोहित पोडेल, दीपेन्द्र ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा र सन्दीप लामिछाने

 

सम्बन्धित खबरहरु