काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुँदा नेपालसम्मै असर देखिएको छ । साताको पहिलो दिन आज नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेर कारोबार भइरहेको छ ।

आज तोलामा १७ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेकोहो ।

आइतवार तेजावी सुनको मूल्य पनि तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । अर्कोतिर, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द थियो । जसकारण सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढ्यो, जसको असर नेपाली बजारमा आइतबार देखियो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा पनि मूल्य समायोजन गरिन्छ ।

सिलिकन भ्याली बैंक बन्द हुनु र स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको जानकारहरु बताउँछन् । तरलताको कारण देखाउँदै अमेरिकी सिलिकन भ्याली बैंक बन्द भएको छ ।

सम्बन्धित खबरहरु