काठमाडौं । स्याङ्जाका फणिनारायण अर्याल, गरे के हुँदैन भन्ने कुराको उदाहारण बनेका छन् । उनले एक सिजनमा ८२ लाखको सुन्तला बेचेका हुन् । आज पनि गाउँमा जग्गा बाँझो राखेर युवा पुस्ता विदेश पलायन भइरहेको बेला उनले कृष कर्मबाट सो कमाई गरेर धेरैलाई प्रेरणा दिएको धेरैको बुझाई रहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अशोक बहादुर टण्डनले एक लामो पोस्ट गर्दै यसबारे जानकारी गराएका हुन् । उनका अनुसार झन्डै ८० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगानमा करीब ६० कामदार हुन्छन् । टण्डनको फेसबुक स्टाटस हेर्नुहोस्

सुन फल्ने मध्य पहाड,स्याङ्जाका फणिनारायण अर्याल बेचे यस सिजनमा ८२ लाखको सुन्तला: मानव वासस्थान र विकासका लागि अनूकुल हावापानी र जमीन भएको मध्य पहाडी क्षेत्रको समयमै सदुपयोग गर्नसके नेपालको समृद्धिमा टेवा पुग्नेछ । मंसीर नलाग्दै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका(१ का फणिनारायण अर्याललाई पर्व आए सरह हुन्छ।

झन्डै ८० रोपनी क्षेत्रफलमा फैलिएको बगानमा लटरम्म फलेका सुन्तला पाक्न थालिसकेका हुन्छन्। सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, प्याकिङ गर्ने काममा हरेक वर्षजसो करीब ६० कामदार खटिन्छन्। आम्दानी पनि सन्तोषजनक नै छ।

गत वर्ष उनले सुन्तला खेतीबाट मात्रै ६५ लाख रुपैयाँ बचत गरे। कामदारलाई १७ लाख रुपैयाँ त ज्याला नै दिए। २०३६ सालदेखि सुन्तलाको बिरुवा रोप्न थालेका अर्यालको बगानमा अहिले दुई हजार १०० बोट छन्। सुन्तलाको मौसम सकिंदै छ। अर्याल भने कफी टिप्ने चटारोमा छन्। जिल्लाका धेरै ठाउँमा सुन्तलाको उत्पादन राम्रो भए पनि छाया पर्ने सेपिलो भूभाग कफी खेतीका लागि उपयुक्त सावित भएको छ।

त्यसैले गाउँका अधिकांश किसानले सुन्तलासँगै कफीका बोट पनि लगाएको अर्याल बताउँछन्। एक वर्ष ५८ मेट्रिक टनसम्म कफी फलाएको सम्झिँदै अर्याल भन्छन्, “कफीलाई पहिला सुन्तला जत्तिको ध्यान दिएनौं, तर धेरै किसान उत्साहित छन्, अब कफीलाई पनि अभियानकै रूपमा लान्छौं।”

सम्बन्धित खबरहरु