काठमाडौं । बलिउडका चर्चित अभिनेता एवं निर्देशक सतीश कौशिकको निधनमा नयाँ ट्विस्ट आएको छ ।

९ मार्चमा सतीश कौशिकले अन्तिम सास लिएका थिए । पोस्टमार्टम रिपोर्टमा कौशिकको मृत्यु हृदयघातबाट भएको देखियो । तर अब यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ ।

जानकारी अनुसार दिल्लीका व्यापारी विकास मालुले विष पिलाएर कौशिकको ज्यान लिएका हुन् । विकासकी श्रीमती सान्वी मालुले यो सब आरोप लगाएकी छिन् ।

उनका अनुसार विकासले भारु १५ करोड ऋणको लागि झगडा भएपछि सतीशलाई विष पिलाएका थिए । सोहीकारण सतिशको मृत्यु भयो । तर, विकासले यो सबै आरोप झुट भएको जवाफ दिए ।

सतीशसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको उनले स्पष्ट पारेका छन् । दिल्ली प्रहरीका अनुसार अभिनेता सतीश कौशिकको मृत्युमा महिला (विकास मालुकी श्रीमती) को आरोपमाथि अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित खबरहरु