काठमाडौं । उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

 

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराउनुभयो ।

उहाँले आइतबार दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा उपराष्ट्रपति पदमा फरक लिङ्ग वा समुदाय हुनुपर्ने व्यवस्था बमोजिम दलहरूले फागुन २७ गते शनिबार उम्मेदवारी मनोनयन गराएका हुन् । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुँदैछ ।

सम्बन्धित खबरहरु