काठमाडौं । नेपालले पपुवा न्युगिनीलाई हराएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनी पीएनजीलाई हराएको हो ।

जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउँदा कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाए । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो ।

सम्बन्धित खबरहरु