काठमाडौं । निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई शीतलनिवासबाट बिदाई गर्दा रोचक दृश्य देखिएको छ । सात वर्षे कार्यकाल सकेर आज निवृत्त भण्डारीलाई नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म छाड्न जानुभयो ।

राष्ट्रपतिले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गरेको पाइएको छ । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी शर्मा ओली सरकारले सहसचिवको नेतृत्वमा एक टोली पठाएको थियो ।

तर भण्डारीलाई छाड्न वर्तमान प्रचण्ड सरकारले कसैलाई पठाएन् । जानकारी अनुसार नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाड्यो । मन्त्रालयबाट अरु कोही आएनन् ।

सेनाको टोलीले सम्मानका साथ घरमा छोड्यो । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई छाड्न गृहमन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोलको टोली छोड्न निवास गएको थियो ।

सम्बन्धित खबरहरु