काठमाडौं । नुक्कड र सर्कस जस्ता टिभी सिरियलमा आफ्नो अभिनयको छाप छोड्न सफल बरिष्ठ अभिनेता समीर खखरको मुम्बईमा निधन भएको छ । समीर खखरले आफ्नो चरित्र ‘खोपडी’ बाट निकै चर्चा कमाएका थिए ।

उनले ७१ वर्षका उमेरमा अन्तिम सास लिएका हुन् । जानकारी गराउ उनी विगत केही दिनदेखि विभिन्न रोगबाट पीडित थिए । उनको मृत्यु भएको पुष्टी गर्दै उनका भाइ गणेश खाखरले हिजो बिहान सास फेर्न समस्या भएको बताएका छन् ।

उनले भने, ‘डाक्टरको सल्लाहमा हामीले उनलाई आईसीयूमा भर्ना गर्यौं ।’ स्थानीय समयानुसार उनको आज बिहान ४:३० बजे धेरै अंग फेल भएका कारण निधन भएको हो ।

सम्बन्धित खबरहरु