काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिन लाग्नु भएको हो ।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्रीले विश्वासको मत लिदैँ हुनुहुन्छ । जानकारी अनुसार प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेको जानकारी दियो । तर अहिलेसम्म औचारिक निर्णय भएको छैन । प्रचण्ड विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने पक्षमा हुनुहुन्छ ।

सम्बन्धित खबरहरु