काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा विस्तारै सहभागी हुन थालेका छन् ।

एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै छुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

रुकुममा जारी एक महोत्सवमा आफ्नो प्रस्तुति दिन अभिनेता पल शाह हेलिकप्टर मार्फत रुकुम पुगेका हुन् । आयोजकले पलको लागि हेलिकप्टरको व्यवस्था गरेपछि उनी हेलिकप्टर मार्फत रुकुम महोत्सव पुगेका हुन् । पलले महोत्सवमा आफ्नो प्रस्तुति दिने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुने बताइएको छ।

पलको साथमा बहिनी रोशनी पनि संगै गएकी छिन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण जेल जीवन बिताइरहेका पलले केही हप्ता अघि मात्रै सफाई पाएका थिए। जेलबाट मुक्त भएपछि उनको यो पहिलो कार्यक्रम हो। उनी कार्यक्रममा गएपछि उनका फ्यानहरु खुशी भएका छन् ।

लगत्तै पलले म्युजिक भिडियोमा व्यस्त छन् । मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् ।

बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखेका छन् ।

 

सम्बन्धित खबरहरु