काठमाडौं । अनौठा–अनौठा अपराधले डरा जमाइरहेका छन् । यूपीको कानपुरमा हनिमुनमा जे भयो सुनेर सबै चकित परेका छन् ।

हनिमुनको रात बेहुलाले अचानक बेहुली छोडेर घरबाट निस्किए । भोलिपल्ट बेहुलाको शव भेटिएपछि घरमा हंगामा मच्चियो । बेहुलाकी आमाले छोराको हत्या आफ्नी नवदुलहीले गरेको आशंका व्यक्त गरेकी छन् ।

आमाको उजुरीमा प्रहरीले अपरिचित व्यक्तिविरुद्ध उजुरी दर्ता गरे पनि हालसम्म कुनै कारबाही भएको छैन । छोराको हत्याबाट पीडित आमा न्यायका लागि अहिले गुहार गरिरहेकी छिन् ।

घटना गत वर्षको मे महिनाको हो । छोराको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै एक महिलाले कानपुरका प्रहरी आयुक्तलाई उजुरी दिएपछि यो कुरा बाहिर आएको हो ।

छोराको मृत्युपछि घटमपुर प्रहरीले ज्यान मार्ने उद्योगमा उजुरी लेखेपनि हालसम्म कुनै कारबाही नभएको महिलाले बताइन् । प्रहरी आयुक्तले महिलाको उजुरी सुनेपछि घटनामा बाहिर आएको तथ्यलाई ध्यानमा राखेर अनुसन्धान गर्न घटमपुर प्रहरीलाई निर्देशन दिएका छन् ।

घटना गान्धीनगर घाटमपुरको हो । यहाँ बस्ने लीलावतीले प्रहरी आयुक्तलाई बताइन् कि उनका छोरा सर्वेश कुमारको विवाह १७ मे २०२२ मा भएको थियो । सोही दिन राती दस बजे सर्वेशको मोबाइलमा कसैले फोन गर्यो । यसपछि सर्वेश भेष्ट र पाइन्ट लगाएर मात्रै घरबाट निस्किए । लामो समयसम्म नफर्केपछि उनको खोजी सुरु भयो तर कतै पनि केही फेला परेन । २०२२ मे मा उनको शव घरबाट अलि टाढा रहेको बारीपाल रेलवे स्टेशन ट्र्याकमा फेला परेको थियो ।

लीलावतीले प्रहरी आयुक्तलाई भनेकी छिन्, पछि थाहा भयो कि उनकी बुहारीको विवाहअघि एक युवकसँग सम्बन्ध थियो । हनिमुनमा बुहारीको मोबाइलमा पनि कसैको फोन आयो । महिलाका अनुसार प्रेमीले बुहारीलाई हनिमुनमा बोलाएर छोराको हत्या गर्ने योजना बनाएको र सोही अनुसार भएको आरोप छ ।

विवाहको दिन दुवैले चार पटक कुरा गरे र छोरा बेपत्ता हुँदा पनि दुवै सम्पर्कमा रहेको आमाको दावी छ । बुहारीले प्रेमीसँग मिलेर छोराको हत्या गरेको लीलावतीले आरोप लगाएकी छन् । लीलावतीका अनुसार घटमपुर प्रहरीले हत्या र प्रमाण लुकाउने खण्डमा किटानी जाहेरी दर्ता गरे पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन ।

सम्बन्धित खबरहरु