काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुग्नुभएको छ । कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय खेल मैदानमा अहिले मानव सागर नै उत्रिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरको हौसला बढाउन कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेको उहाँका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ट्वीट गर्दै नेपाली टोलीलाई जितको शुभकामना दिनुभएको छ ।

मैदान भित्र र बाहिर दर्शकहरु खचाखच छन् । नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् ।

हरेक नेपालीले नेपाल नेपाल भनेर टीमलाई हौसला दिइरहेका छन् । युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।

नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।

नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ । २८ फागुनमा युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाएको छ ।

१२ ओभरको खेल सकिएको छ । यूएईले १ विकेट गुमाएर ७० रन बनाएको छ । टस जितेर ब्याटिङ थालेको यूएईले पहिलो विकेट सस्तैमा गुमा

सम्बन्धित खबरहरु