काठमाडौं । विश्वकप लिग २ को अन्तिम तथा नेपालका लागि निर्णायक खेलमा बलर करण केसीलाई मैदानमा उतारिएको छैन ।

नेपाल र यूएईबीचको म्याचमा उनलाई बेन्चमा राखिएको हो ।

करण लिग २ मा सन्दीप लामिछानेपछि नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुन् । यद्यपि, उनको प्रदर्शनमा एकरूपता नहुँदा कतिपय म्याच गुमाइरहेका छन् । नेपालका लागि विश्वकपको ढोका खोल्ने निर्णायक खेलमा उनले बेञ्चमै बसेर हेर्नुपर्ने भएको छ ।

करणले लिग २ मा अहिलेसम्म ३१ खेलमा ५० विकेट लिएका छन् । लिग २ मा सर्वाधिक विकेट लिनेहरूको सूचीमा उनी छैटौँ स्थानमा छन् । उनी बलिङसँगै विस्फोटक ब्याटिङका लागि पनि चिनिन्छन् ।

आजको खेलमा करणको स्थानमा गुल्सन झालाई टिममा स्थान दिइएको छ । अहिलेसम्म बलिङमा खासै प्रभाव देखाउन नसकेका गुल्सनले यसअघि यूएईविरुद्धको म्याचमा राम्रो ब्याटिङ गरेका थिए ।

यसैगरि, नेपालका अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्ले पनि लिग २ को अन्तिम म्याच गुमाएका छन् । उनी खराब फर्मबाट गुज्रिरहेका थिए । ज्ञानेन्द्रलाई अघिल्ला दुई खेलमा पनि टिममा समावेश गरिएको थिएन ।

 

सम्बन्धित खबरहरु