काठमाडौं । नेपाललाई अर्को सफलता प्राप्त भएको छ ।

यूएईका चुन्दगापोयल रिजवान आउट भएका छन् ।

नेपालले यूएईको तीन विकेट लिएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा भीम सार्की र आसिफ शेखले रन आउट गराएका छन् ।

यसअघि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका थिए ।

यूएईको टाइगरको रुपमा चम्किरहेका मोहम्मद वसीम आउट भएका थिए । उनलाई लामिछानेले १६.२ ओभरमा ढालेका हुन् । वसीमले ६३ रन जोडेका थिए ।

नेपालको प्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

साढे ९ बजेदेखि सुरू भएको खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका थिए। मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।

क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो।

सम्बन्धित खबरहरु