चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले सबै हद पार गरेका छन् ।

संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको हो ।

मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भयो ।

सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा महिलाको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएको देखिन्छ । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ । जबकि विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो ।

आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरुसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरे पनि विश्वविद्यालय नेतृत्वले भने बेवास्ता गरिरहेको छ ।

उक्त जुम बैठक डीन दत्तले राखेका थिए । डीनले नै व्यवसायिक सिकाइ अनुभव के कसरी गर्ने भनेर सिकाउने ओरेन्टसन कार्यक्रम थियो । त्यहाँ दुई जना शिक्षकबाहेक सबै विद्यार्थी थिए । जुम मिटिङमा सहभागीहरुमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडियो म्युट थियो । उनीहरुको भिडिओ देखिएको छैन ।

तर डीनको जुम भिडियो अन थियो । प्राप्त भिडियोमा मंगलबार भएको सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले जुममा आफना भनाइहरु राखिरहेका थिए । तर, डीन दत्तले भने जुम मिटिङतर्फ ध्यान दिएको देखिँदैन । प्राप्त भिडियो हेर्दा उनी जुम मिटिङ भइराखेको छ भन्नेमा अनविज्ञ देखिन्छन् वा आफैंले जुम मिटिङको भिडियो अन गरेर बेवास्ता गरेका हुन् । उनले जबरजस्ती महिलालाई तानेर काखमा राख्छन् । महिला टाढिन खोजे पनि डीनले जबरजस्ती तानेर चुम्बन गरेको भिडियोमा देखिन्छ ।

सम्बन्धित खबरहरु