काठमाडौं । यूएईविरुद्धको जारी खेलमा नेपालका तर्फबाट भीम सार्कीले ६० बलमा ६ चौकासहित अर्धशतक बनाए । उनको यो एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो अर्धशतक हो ।

यसअघि उनले यूएईसँगकै खेलमा पहिलो अर्धशतक बनाएका थिए । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा मैदानमा छन् ।

सम्बन्धित खबरहरु