काठमाडौं । सरकारले प्रतिखेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई ३ लाख पुरस्कारको घोषणा गर्नुभएको हो ।

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ‘प्रचण्ड’ सहित शीर्ष नेताले बधाई दिनुभएको थियो । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै नेपालले एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको छ ।

सम्बन्धित खबरहरु