काठमाडौं । चर्चित लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीर नेपाल ल्याइएको छ । उहाँको शवलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको हो । शवलाई मध्यान्ह नेपाल पुर्याइएको थियो ।

शव बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभयो । लम्सालको आजै पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने छ । उहाँका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले यसबारे जानकारी गराउनुभयो ।

शव ल्याउन छोरा सागर लम्साल पनि जानुभयो । शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित खबरहरु