काठमाडौं । रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । शुक्रबार भएको निर्वाचनमा उहाँ संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभयो ।

यादव जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत पाउनुभयो ।

यस्तै, जनमत पार्टीका ममता झाले संघमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गर्नुभयो । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु