काठमाडौं । स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ । बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको हो ।

कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोराको मृत्यु भएको हो । मृतक बालकको पहिचान तीन बर्षीय कार्तिक साह सोनार रहेको छ । वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले पनि यसबारे जानकारी गराउनुभयो । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

सम्बन्धित खबरहरु