काठमाडौं । काठमाडौंबाट उडेको जहाजमा समस्या देखिएको छ । सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको हो । त्यसपछि बिचबाटोबाटै फर्कियो ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको हो । जानकारी अनुसार जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

६२ जना यात्रु सवार विमानलाई सुरक्षित अवतरण गरेर प्राविधिक टोलीले जाँच गरिरहेको छ । ती सबै यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरको तयारी छ ।

सम्बन्धित खबरहरु