काठमाडौं । भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयका वरिष्ठ अधिकारीको रूपमा आफूलाई प्रस्तुत गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

किरण पटेल कश्मीर उपत्यका पुगेका बेला २ मार्चमा पक्राउ परेको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले जनाएको छ।

प्रहरीले उनलाई छली, गलत पहिचान प्रस्तुत र जालसाजीको अभियोग लगाएको छ।

उनीविरूद्ध प्रहरीमा दर्ता भएको उजुरीमा पटेलले "आर्थिक" र "भौतिक फाइदा" लिन खोजेको जनाइएको छ। बिहीवार अदालतमा प्रस्तुत गरिँदा पटेलको गिरफ्तारी चर्चामा आएको थियो।

उनको ट्विटरमा भेरिफाइड अकाउन्ट छ त्यसलाई पछ्याउनेमा एक भारतीय जनता पार्टीका अधिकारी समेत छन्।

पटेलले आफ्नो ट्विटर र इन्स्टाग्राममा राखेका तस्बिरहरूमा उनी कश्मीरमा अर्धसैनिक सुरक्षाकर्मीबाट घेरिएर "औपचारिक भ्रमण"मा रहेको देखाउँछ।

पीटीआईका अनुसार एक भ्रमणमा पटेलले आफूलाई सरकारले दक्षिण कश्मीरमा स्याउको बगैँचाका लागि क्रेताहरू पहिचान गर्न भनेको दाबी गरेका थिए।

अर्को भ्रमणमा उनी स्की सम्बन्धी एउटा चर्चित गन्तव्य गुल्मार्गमा पुगेर त्यस क्षेत्रमा होटलका सुविधामा भएका सुधारबारे हेर्न सरकारले आफूलाई पठाएको दाबी गरेका थिए।

विवरणहरूका अनुसार पटेललाई उच्च सुरक्षा दिने गरिएको थियो र उनी बुलेटप्रुफ कारमा यात्रा गर्थे। भ्रमणका बेला उनी पाँचतारे होटलका औपचारिक आवासमा बस्नेगर्थे।

अदालती विवरणहरूका अनुसार सुरक्षाकर्मीहरूले उनीसँग नक्कली परिचयपत्रहरू पाएका थिए। बीबीसी

सम्बन्धित खबरहरु