काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक डाकिएको हो ।

बैठक बिहान १०:३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने छ । बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध पनि गरेको छ ।

सम्बन्धित खबरहरु