काठमाडौं । ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको छ ।

युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरियो । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ ।

अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित त्यहाँको एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ । अर्कोतिर अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ । उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

त्यहाँ टुम्बेस प्रान्तमा पनि घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको जानकारी गराएको छ ।

भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको थियो । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ ।

सम्बन्धित खबरहरु