काठमाडौं । एलिना चौहान प्रेमी सार्वजनिक गरेपछि ट्रोल भएकी छिन् । गायिका चौहानले आइतबार इन्टाग्राममार्फत प्रेमी विष्णु सापकोटालाई सार्वजनिक गरेकी हुन् ।

सापकोटासँगको तस्वीर सेयर गर्दै उनले आफू अफेयरमा रहेको कुरालाई प्रष्ट पारेकी हुन् । केही दिनदेखि सामाजिक सञ्जालमा दुईबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो ।

यसबीच एलिनाले विष्णुसंगको तस्वीर साझा गर्दै भनेकी छिन्, ‘तिम्रो सम्झनाले मलाई जगाइरहन्छ । तिम्रो सपनाले मलाई निद्रामा राख्छ । तिमीसँग रहनुले मलाई जिवित राख्छ ।’ गीतकार समेत रहेका सापकोटाले एलिनासँग मिलेर ‘बाजा तालमा’ बोलको गीत ल्याएका छन् । एलिनाले हालै अष्ट्रेलियाको सांगीतिक भ्रमण गरेकी थिइन् ।

उनीहरु केही दिनदेखि टिकटकमा एकसाथ देखिन थालेका थिए । चौहानको उक्त पोस्टमा फ्यानले उनलाई एलिनाको चर्चित गीत ‘धोकेबाज हौँ तिमी’ भन्दै ट्रोल गरेका छन् । कतिपयले भने दुवैको जोडी राम्रो देखिएको भन्दै बधाई पनि दिएका छन् ।

सम्बन्धित खबरहरु