काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताउनु भएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले विगतमा गर्वका साथ सुनाइने गरेको सो विवाह अहिले गर्वको विषय हुन छाडेको जनाउनुभयो ।

युद्धका बेला उठेका कुरा गर्वका विषय हुन छाडेको भन्दै उहाँले भन्नुभयो, ‘आन्दोलन वा क्रान्तिका बेला गरिएका अन्तरजातीय विवाह सम्बन्धविच्छेदतिर गए ।

जुन गर्वका साथ स्थापित गर्ने गरिन्थ्यो । त्यही स्तरका गर्वका विषय हुन छाडे ।’ प्रधानमन्त्री प्रचण्डले अन्तरजातीय विवाह निरन्तर आन्दोलनको विषय भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु