२० माघ, पोखरा । आयोजक सहारा क्लब मंगलबारबाट सुरू भएको आहा रारा गोल्डकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।

मंगलबार भएको उद्घाटन खेलमा सहारा सिमराको नव जनजागृति क्लबले सहारालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्‍यो । निर्धारित समयको खेल ३-३ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो ।

पोखरा रंगशालामा भएको निर्धारित समयको खेलमा ३-० ले पछि परेको अवस्थामा सहाराले उत्कृष्ट पुनरागमन गरेको थियो ।

चौथो मिनेटमा रवी पासवानको गोलबाट अग्रता लिएको नव जनजागृतिले १० औं मिनेटमा अग्रता दोब्बर पार्‍यो । उसका लागि कुमार गुरुङले गोल गरे । २५ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि नव जनजागृति आयोजकविरुद्ध ३-० को अग्रता लिन सफल भयो ।

तर, ३० औं मिनेटमा अनिल ओझाले सहाराका लागि गोल गरे । ५३ औं मिनेटमा यू-१९ का अनिल गुरुङले गोल गरे भने ८५ औं मिनेटमा सुवास गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

सम्बन्धित खबरहरु