जनबोली/२२ माघ, काठमाडौँ । आफ्नो वायुसेनाका पाइलटको जिउदै जलाएर हत्या गरेको धार्मीक अतिवादी संगठन स्लामिक स्टेट (आइएस) विरुद्ध जोर्डनले कडा कारबाही अभियान थाल्ने भएको छ ।

जोर्डनका राजा अब्दुल्लाहले आइएसका अतिवादीहरुसँग कडा बदला लिइछाड्ने बताएका छन् । उनले आम जोर्डनबासीलाई धैर्यता अपनाउन पनि अपिल गरेका छन् । आफ्ना पाइलटको हत्या लगत्तै जोर्डनले अतिवादीका दुई कमाण्डरलाई फाँसि दिइसकेको छ ।

अब थप रणनीति बनाएर आइएसको अन्त्य गराएरै छाड्ने भन्दै राजा अब्दुल्लाहले त्यसकालागि तयार रहन आग्रह समेत गरेका छन् ।

उनले अतिवादका विरुद्ध लड्न आफुहरु सक्षम रहेपनि अहिलेसम्म धैर्यता अपनाएको र अब भने कडा रुपमा प्रस्तुत हुने बताए । पाइलटका बाबुकै अनुरोधमा अतिवादीका दुएई कार्यकर्तालाई फाँसि दिएको जोर्डनले आफ्ना देशका नाकाहरुमा कडा निगरानी थालीसकेको छ ।

सम्बन्धित खबरहरु