Kamal-Thapa-Raprapa-Nepalजनबोली/२२ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले त संविधानसभा बहिस्कार नै गर्ने बताइसकेको छ । उस्को माग सहमतिमै संविधान जारी गर्नुपर्छ भन्ने हो ।

तर, ०६२/०६३ को जनआन्दोलन र अन्तरिम संविधानको भावना विपरित संवैधानीक राजतन्त्र, हिन्दु धर्म सापेक्षता र शासकीय स्वरुपमा पुरानै व्यवस्था हुनुपर्ने माग राख्दै आएको राप्रपा नेपालले पनि आज संविधानसभा अबरुद्ध गर्ने भएको छ ।

संविधानसभाले गठन गरेको प्रश्नावली उप समितिले आफुहरुले भने जसरी प्रश्नावलीमा ती विषय नराखेको भन्दै राप्रपा नेपालले संविधानसभा बहिस्कार गर्ने भएको हो ।

प्रश्नावली समितिको बैठकमा उस्ले धर्म निरपेक्षता, साशकीय स्वरुप, संवैधानीक राजतन्त्र लगायतको विषयलाई पनि प्रश्नावली बनाउन माग गरेको थियो ।

तर, समितिले यी विषयहरुलाई प्रश्नावलीमा राख्दा परिवर्तन विरोधी भइने भन्दै अस्विकार गरेपछि उस्ले संविधानसभा अबरोघ गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबरहरु