BICC-Nepalजनबोली/२२ माघ, काठमाडौ । संविधानसभाको बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ । बहुमतिय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षि मोर्चाले यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी सचेत बनेको हो ।

माघ ५ राती सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गर्नुका साथै सभामुख सुबासचन्द्र नेम्बाङलाई माइकले हिर्काएका थिए । त्यसपछि सतर्क बनेको प्रहरीले मर्यादा पालकको संख्या ह्वात्तै बढाएको छ ।

प्रहरी उपरिक्षकको नेतृत्वमा १ सय ५० दरबन्दीमा रहेको मर्यादा पालकको संख्या साढे छ सय पुर्‍याइएको थियो । त्यो अहिले पनि निरन्तर छ । तर ति मध्ये २ सय ५० जना 'ब्याक फोर्स' का रुपमा रहनेछन् ।

मर्यादा पालकहरु प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालयबाट आउछन् । तत्काल संख्या बढाउनुपर्दा बजारमा रेडिमेड पसलबाट दौरा सुरुवाल उपलब्ध गराइएको थियो । तल्लो तहका प्रहरी कर्मचारीसंग दौरा सुरुवाल नहुने भएकाले रातारात त्यस्तो व्यवस्था गरिएको हो ।

संविधानसभा भवनभित्र खुर्सानीको धुलोसमेत पाइएपछि त्यस्ता सामग्री लैजान नदिन बिहीबार साढे १० बजेदेखि नै मर्यादा पालकहरु संविधानसभा भवन पुग्नेछन् । बुधबार मुख्यालयको फूटबल मैदानमा उनीहरुलाई बि्रफिङ गरिएको थियो । प्रहरीलाई सभा भवन भित्रको अनुशासन, सभासदहरुसंग गरिने ब्यवहार र ड्युटीको मर्यादाबारे बि्रफिङ गरिएको हो । मर्यादा पालकले सभासदलाई हात लगाउन वा धकेल्न पाउँदैनन् । उनीहरु साङलो झै बाँधिएर बसेका हुन्छन् । सभासदले जबरजस्ती गर्न खोजे त्यहि सांङलोको भरमा अघि बढ्नबाट रोक्छन् । बिपक्षी सभासदलाई रोष्टममा चढ्न नदिन यअसघि मर्यादा पालकलाई चार घेरामा राखिएको थियो ।

सम्बन्धित खबरहरु