Prakash Man Singhनवराज पराजुली/२३ माघ, काठमाडौ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले अझै पनि सहमतिका आधारमा संविधान जारी हुने बताएका छन् । हिजो आयोजित सिद्धकाली, इन्द्रायणी, दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण कार्यक्रममा उनले प्रश्नावली समितिमा पनि सहमति जुटाउन सकिने भन्दैै सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गरका थिए ।

सङ्घीय मामिला तथा स्थानीय विकासन्त्री सिंहले भने–“पहिलो संविधानसभाले संविधान दिन नसकेको तीतो अनुभव नेपाली जनता र नेपाली राजनीतिमा भएकाले वर्तमान संविधानसभाले कुनै पनि हालतमा लोकतान्त्रिक संविधान दिनेछ ।” उनले प्रक्रियामा जाँदा पनि सहमतिको ढोका बन्द नभएको बताउँदै एकीकृत माओवादी लगायतलाई सहमतिमा आएर संविधान लेखनमा लाग्न आग्रह गरे ।

सम्बन्धित खबरहरु