जनबोली/२४ माघ, काठमाडौं । संयुक्त विद्यार्थी आन्दोलन समितिले तीन दिन भित्र सार्वजनिक यातायातको भाडा घटाउन सरकारलाई अल्टीमेटम दिएको छ । 

उनीहरुले मुख्य सचिवक रोहबरमा सरोकारवाला मन्त्रालयका सचिवहरुसँगको यस अधिको सहमति कार्यान्वयनको माग समेत गरेका छन् ।

विद्यार्थीसँगठनहरुले ग्यासको अभाव तत्काल अत्य गरि दोहोरो मुल्य कायम गर्न समेत माग गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले नेपाल सन्देशलाई जानकारी दिए ।

प्रवक्ता लामिछानेका अनुसार सिटिइभिटीमा बढाइएको शुल्क फिर्ता, पोखरा विश्वविद्यालयमा भएको अनियमितताको छानविन गर्न पनि माग गरिएको छ ।

त्यस्तै जनआन्दोलनका घाइतेहरुलाई त्रिविले दिँदै आएको सुविधा कटौती गर्ने निर्णय तत्काल खारेज गर्न पनि माग गरिएको प्रवक्ता लामिछानेले बताए ।

त्रिविले यस अघि जनआन्दोलनका घाइतेहरुलाई निशुल्क अध्ययनको व्यवस्था गराएको थियो । त्रिविको अनावश्यक चलखेलका कारया गणतन्त्र ल्याउन ज्यानको बाजी मार्ने विद्यार्थीहरु मारमा परेका छन् ।

Bigyapti

सम्बन्धित खबरहरु