Manang Logoजनबोली/२४ माघ, पोखरा । हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले शुक्रबार पाहुना टोली सिलगुढीको कञ्चनजंगा फुटबल क्लबलाई १३औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा ७–० ले पराजित गरेको छ। सुरुदेखि नै कञ्चनजंगालाई दबाबमा राखेको मनाङबाट विशाल राई र सुजल श्रेष्ठले २–२ गोल गरेका थिए। शिवश्रेष्ठ, सुशील केसी र कृष्ण कुँवरले १–१ गोल गरे। मनाङले नवौं मिनेटमै गोल गर्दैअग्रता लियो। कञ्चनजंगाका गोलरक्षक नान्जी मुजेमदार बिट हुँदा नृपेश शर्मालाई छलाउँदै शिव श्रेष्ठले गोल गरी मनाङलाई अग्रता दिलाए।
विशालले ३१औं मिनेटमा गोल थपेर अन्तर दोब्बर पारे। उनले लियोन्से डोडोजको पासमा गोल गरेका हुन्। खेलेको ३८औं मिनेटमा सुजलले अर्काे गोल थपे। उनले डोडोजले दिएको पासलाई डी बक्स भित्रबाटै गोलमा परिणत गरे। कञ्चनजंगालाई तीन गोलले पछाडि पारेको एक मिनेट (३९औं) नबित्दै विशालले पुनः गोल थपे। यो गोलमा पनि डी बक्सभित्र विशालले डोडोजकै पास उपयोग गरेका थिए।
मध्यान्तरसम्म ४–०ले पछि परेको कञ्चनजंगाले दोस्रो हाफको तेस्रो मिनेटमा पुनः अर्काे झड्का खेप्नुपर्यो।। मनाङका सुशील केसीले कञ्चनजंगाका गोलरक्षक मुजेमदार बिट हुँदा खाली पोस्टमा गोल गर्ने मौका पाए। ८८औं मिनेटमा सुजल श्रेष्ठले पुनः अर्काे गोल थपे। अनिल गुरुङले डी बक्सभित्रैबाट हानेको प्रहार क्रसबारमा लागेर रिबाउन्ड हुँदा सुजलले गोल गरे।
अन्तिम मिनेट (९०औं)मा मनाङले गोल थप्यो। खेलको ४६औं मिनेटमा लियोनल स्टेफनको सट्टा मैदान छिरेका कृष्ण कुँवरले कञ्चनजंगाका रक्षापंक्तिलाई पन्छाउँदै गोल थपेरमनाङको जितअन्तर फराक बनाए। शुक्रबारको गोलअन्तर जारी प्रतियोगितामा फराकिलो हो। मनाङ मर्स्याङ्दीले अब विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ। खेलमा विशाल राई म्यान अफ द म्याच भए ।
कञ्चनजंगाले एउटै गतिला अवसर सिर्जना गर्न समेत सकेन। टोलीका प्रशिक्षक दिनकर क्षेत्रीले तयारी अभावमा पराजित हुनुपरेको बताए। सेट टिमका ५ खेलाडी अन्यत्रै खेल्न गएको र आयोजक सहाराले अन्तिम समयमा तयारी गर्न लगाएर पोखरा बोलाउँदा उत्कृष्ट खेलाडी छुटाउनुपरेको उनको प्रष्टीकरण थियो। ‘हाम्रो खेल नराम्रो होइन। तर आयोजकले अन्तिम समयमा मात्र हामीलाई खेल्न बोलायो।उत्कृष्ट ५ खेलाडी अन्यत्रै खेल्न गएकाले ल्याउन समय पाएनौं,' उनले भने, ‘ती खेलाडीलाई ल्याउन सकेको भए खेल अर्कै हुन्थ्यो।'
नेपालका विभिन्न फुटबल प्रतियोगितामा भाग लिएको भएपनि पोखरामा कञ्चनजंघाको पहिलो सहभागिता हो। प्रशिक्षक क्षेत्रीले मनाङले सुरुमै गोल गरेकाले बढी दबाब परेको बताए। ‘सुरुमै गोल खाएपछि दबाब पर्योु। खेलाडी डोमिनेट भए,' उनले भने, ‘त्यसले गर्दा ठूलो अन्तरमा पराजित हुनुपर्योी।'
मनाङका प्रशिक्षक राजुकाजी शाक्यले विजय सुनिश्चित भएपनि धेरै फराकिलो अन्तर नसोचेको बताए। लिगपछि खेलाडीले केही दिन आराम पाएकाले पनि खेल्न सहज भएको उनको भनाइ थियो।‘जित्नेमा सुनिश्चित थियौं। तरयतिधेरै अन्तर होला भन्ने ठानेको थिइनँ,' उनले भने, ‘सुरुमै गोल खाएपछि उनीहरू डोमिनेट भए। विपक्षी टिम आक्रमणमा शून्य भयो। मानसिकरूपमै उनीहरू कमजोर साबित भए।'

सम्बन्धित खबरहरु