जनबोली/२५ माघ, काठमाडौँ । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान लेखनकालागि सहमति गरेर अगाडी वढ्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।

राष्ट्रपति यादवले सत्तारुढ कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई शनिबार शीतल निवास बोलाएर तत्काल वार्ता छलफललाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

संविधानसभाको सबैभन्दा ठूलो दल तथा सत्ताको नेतृत्वकर्ता दल भएको हिसाबले सहमतिका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुनेमा राष्ट्रपति यादवको जोड छ ।

राष्ट्रपतिले सबैलाई मिलाएर अघि बढ्न आग्रह गरेको भेटपछि कांग्रेस उपसभापति पौडेलले जानकारी दिए ।

राष्ट्रपति यादवले शुक्रबारमात्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई शीतल निवासमा बोलाएर आन्दोलनमा नलागी वार्ताबाट सहमति खोज्न आग्रह गरेका थिए ।

सम्बन्धित खबरहरु