जनबोली/२६ माघ, रौतहट । रौतहट बस व्यवसायी संघले आजदेखी केहि स्थानमा अनिश्चितकालिन यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । सदरमुकाम गौर, बालचनपुर देखि चन्द्रनिगाहपुर, गंगापिपरा, समनपुर, कटहरिया लगायतका रुटहरुमा दर्ताबिना चलिरहेका सवारीसाधनहरुलाई कार्यवाही गर्नु पर्ने माग राख्दै संघले बन्दको घोषणा गरेको हो ।

मापदण्ड अनुसार सवारीसाधन चलाउनु पर्ने, ढुवानी सेवाको सवारी साधनलाई यात्रु परमिट लिई चलाउने, भएको सहमति हाल सम्म कार्यन्वयन नभएकोले बन्दीको घोषणा गरेको संघले जनाएको छ । ढुवानी सेवाको सवारी साधन व्यापक रुपमा चलिरहेको कारण व्यवसायी संघमा आवद्ध रहेको बस व्यवसायी मर्कामा परिरहेको संघको ठहर छ ।

व्यवसायी संघद्वारा घोषित दिवा सेवा बन्दको कारण गौरबाट चल्ने हरिहरपुर,बंकुल,जंगलसैया, समनपुर, पिपरा, कटहरिया, ईनरवारी, मौलापुर, देवाहीगोनाही, खतवैया, विजयपुर सम्मको यातायात पुर्ण रुपमा बन्द रहने संघले जनाएको छ । माग पुरा नभए सम्म आन्दोलन जारी रहने संघले जनाएको छ ।

सम्बन्धित खबरहरु