30-dal-MORCHAजनबोली/२६ माघ, काठमाडौं । एकिकृत माओवादी सहितको विपक्षी मोर्चाले संविधान लेखनको बहुमतिय प्रक्रिया नरोकेसम्म वार्ता नगर्ने जानकारी गराएको छ ।

एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले वहुमतीय प्रक्रियाका कारण नै दलहरुबीचको वार्ता हुन नसकेको भन्दै वार्ताका लागि प्रक्रिया रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

यद्यपी ३० दलीय मोर्चाले आइतबार प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरेको वार्तालाई सकारात्मक रहेको निष्कर्ष निकाल्दै धन्यवाद दिने निर्णय गरेको छ ।

मोर्चाले वार्ताको लागि प्रक्रिया रोक्दै प्रधानमन्त्रीले अर्को पत्र पठाउनुपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा १२ बुँदे समझदारी, अन्तरिम संविधान र अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्ने प्रतिबद्धता नजाएको भन्दै अर्को पत्र पठाउनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

प्रम सुशील कोइरालाले आईतबार छिटो भन्दा छिटो लोकतान्त्रिक संविधान निर्माण गर्न अविलम्ब सार्थक वार्ता थाल्न एकीकृत माओवादी नेतृत्वको मोर्चालाई आह्वान गरेका थिए ।

सम्बन्धित खबरहरु