african-cupकाठमाडौं । गोल रक्षको भुमिका फुटबलमा अत्यन्तै संवेदनशील र अन्तिम प्रयोग हुने गर्दछ । आइतबार राति सम्पन्न अफ्रिकन कप अफ नेशन्सको फाइनल खेलमा त्यस्तै भयो ।

गोल रक्षकको उत्कृष्ठ प्रदर्शनकै कारण आईभरीकोष्टले अफ्रिका कप अफ नेशन्सको उपाधि जितेको छ । अति नै रोमान्चक खेलको पेनाल्टी सुटआउटमा घानालाई ८ गोलका बिरुद्ध ९ गोल हान्दै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टोलिले गोल गर्न नसकेपछि उपाधिको छिनोफानो पेनाल्टी मार्फत गरिएको हो । लगातार दुइवटा पेनाल्टी मिस गरेको आइभरीकोष्ट माथी २–० को अग्रता बनाएको घानाले उक्त अग्रता जोगाउन नसक्दा उपाधि गुमाउन पुग्यो ।

आईभरीकोष्टका लागि गोलकिपर बाउबाकार वेरीले घानाको दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरे र निर्णायक पेनाल्टीमा गोल गर्दै आईभरीकोष्टलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे । यो सँगै आइभरीकोष्ट अफ्रिकन च्याम्पीयन बनेको छ ।

सम्बन्धित खबरहरु