cable-carकाठमाडौ । उपत्यकाको सडकमाथी केवलकार सञ्चालनको संभाब्यता अध्ययन अनुदानमा फ्रा न्स सरकारले गरिदिने भएको छ । फ्रान्स सरकारले अध्ययनका लागि एक कम्पनी छनौट गरि नेपालसंग सोमबार सम्झौता गरेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका बरिष्ठ ईन्जिनियर तथा आयोजना संयोजक सुरेश पौडेल र फ्रान्स सरकारले छनौट गरेको कम्पनी फ्रेन्च ईन्जिनियरिङ कम्पनी कन्सोरसियमका अध्यक्ष पास्कल रोक्सबीच सोमबार सम्झौता भएको हो ।

सम्झौता समारोहमा मन्त्रालयका सचिब तुलसी सिटौला र नेपालका लागि फ्रान्सकी राजदुत मार्टिन बसेरियोको उपस्थीति थियो ।

′उपत्यकाको सडकमा बैकल्पीक यातायातको साधनको आबश्यकता थियो,′ सम्झौता समारोहमा सचिब सिटौलाले भने, ′संम्भाव्यता अध्ययनको परिणाम पछि यसलाई सहयोग पुर्याउने ′ वाताबरणमैत्री समेत हुने भएकाले सडकमाथिको केवलकार सञ्चालन प्रभावकारी हुने दावी गरिएको छ ।

सम्झौता अनुसधार उत्त कम्पनीले ९ महिनाभित्र अध्ययन गरिसक्नुपर्ने छ । उक्त सम्झौता दुवै देशको पहलमा भएको राजदुत बसेरियाले बताईन । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु