सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ सिफारिस भएका छन् । वेपत्ता छानविन आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश लोकेन्द्र मल्लिकको नाम सिफारिस भएको छ । सिफारिसमा एमाओवादीले समेत सहमति जनाएको छ ।

[caption id="attachment_6118" align="alignleft" width="245"]सूर्यकिरण गुरुङ सूर्यकिरण गुरुङ[/caption]

सरकारले दुबै आयोगको पदाधिकारी सिफारिसका लागि असार २ गते पाँच सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

सिफारिस समितिले दुबै आयोगका पदाधिकारीका लागि सार्वजनिक सूचना नै प्रकाशित गरी इच्छापत्र माग गरेको थियो । समितिले प्रमुख तीन दलका अध्यक्षसहित सर्वसाधारणसँग समेत छलफल गरेको थियो ।

स्रोतका अनुसार प्रमुख चार दलबीच आपसी सहमतिकै आधारमा नामहरु सिफारिस गरिएको हो ।

सत्यनिरुपण आयोगमा कोको ?

सिफारिस समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत एवं संसद सचिवालयका पूर्वमहासचिव गुरुङ सिफारिस भएका छन् ।

यसअघि आयोगको प्रमुखमा पूर्वसभामुख दमननाथ ढुंगानाको नाम चर्चामा थियो । ढुंगानाका नाममा प्रमुख दलहरुबीच लगभग सहमति भइसकेको थियो ।

Trc

बेपत्ता आयोगमा कोको ?

वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको अध्यक्षमा मल्लिक, सदस्यमा विजुल विश्वकर्मा, विष्णु पाठक, नरकुमारी गुरुङ र आईबहादुर गुरुङ छन् ।

मल्लिक पुनरावेदनका पूर्वमुख्य न्यायाधीश हुन् भने विश्वकर्मा कांग्रेस र आईबहादुर एमाओवादी कोटाबाट परेका हुन् ।

द्वन्द्वकालका भएका जघन्य मानव अधिकार उल्लंघनका घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरीहरु लिने र सत्यतथ्य छानविन गर्ने कार्य गर्नेछ । बेपत्ता छानविन आयोगले वेपत्ता भएका नागरिकको खोजविन गर्नेछ ।

सत्य निरुपण र मेलमिलाप दुबै आयोगमा सहमतिका आधारमा सिफारिस भएपछि दलहरुवीच अविश्वासको वातावरण घटाउने यसले सहयोग पुर्‍याउन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु