satya-niruparn-aayogजनबोली/२८ माघ, काठमाडौं । सत्य निरुपण,मेलमिलाप तथा वेपत्ता छानविन आयोगका पदाधिकारीलाई प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले सपथ गराएका छन्। बुधबार सर्वोच्च अदालतमा साहले उनीहरुलाई सपथ गराएका हुन्।

सरकारले आठ वर्षपछि द्वन्द्वका मुद्दा छानविन गर्ने, समाजमा मेलमिलापको वातावरण कायम गराउन र मानव अधिकार उल्लंघनका घटनाहरुमा दोषीलाई कारवाही गर्न यस्तो आयोग गठन गरिने सहमति दलकाबीचमा शान्ति सम्झौता गर्दा हस्ताक्षर भएको थियो।
तर, विभिन्न दलका विरोका कारण लामो समयसम्म आयोग गठन हुन सकेको थिएन ।

वेपत्ता छानविन आयोगका लागि पूर्व मुख्यन्यायाधीश लोकेन्द्र मल्लिक र सत्य निरुपण आयोगका लागि पूर्व राजदुत सुर्यकिरण गुरुङलाई सरकारले नियुक्त गरेको थियो। यस अघि सरकारले पदाधिकारी सिफारिस गर्न गठन गरेको समितिले दिएको नामका आधारमा सरकारले उक्त निर्णय लिएको थियो।

गुरुङ रसियाका पूर्वराजदुत हुन भने मल्लिक पुनरावेदनका पूर्वमुख्य न्यायाधीश हुन्। सत्य निरुपण आयोग सदस्यहरुमा लिला उदासी,माधवी भट्ट, श्रीकृष्ण सुवेदी, मञ्चला झा, वेपत्ता छानविन आयोगको सदस्य, विजुल विश्वकर्मा, विष्णु पाठक , नरकुमारी गुरुङ र आइबहादुर गुरुङले सपथ लिएका छन्।

अन्तर्राष्ट्रिय समुदाय र द्वन्द्व पीडितले ऐन संशोधन हुनु पर्ने भनि आवाज उठाउँदै आएपनि सरकारले त्यसलाई अस्वीकार गर्दै कानुन अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल भएको र यसअघि सर्वोच्च अदालतवाट जारी भएको फैसलालाई आधार बनाइएको जिकिर गर्दै आएको छ।

यसअघि दुवै आयोगमा उम्मेदवार हुन योग्यता पुगेका व्यक्तिहरुको नाममा सार्वजनि सुचना जारी गरेको थियो। गत असोजमा समितिले आह्वान गरेको विज्ञापनमा सत्य निरुपणका लागि ३७ र वेपत्ता आयोगका लागि २७ र दुवै आयोगका लागि १९ जनाले आवेदन दिएका थिए।

सम्बन्धित खबरहरु